‘कोरोना लाग्दा आश्‍चर्य मानिनँ, चाँडै निको भएर काममा फर्किन्छु’


विराटनगर : प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका छन्। सरकारी निवासमा उनी १७ दिनदेखि होम आइसोलेसन बसेका छन्।

उनमा अहिले पनि संक्रमणको लक्षणका रुपमा देखिने रुघाखोकी लाग्ने क्रम र नाकले पाउने गन्ध फर्किसकेको छैन। उनी नियमित रुपमा चिकित्सकहरूसँगको परामर्शमा रहने गरेका छन्।

विगतका दिनमा देखिएको लक्षणहरु ज्वरो आउने, पखाला लाग्ने, खानामा अरुचि, जिउ दुख्‍ने लक्षणहरुमा क्रमिक सुधार आइसकेको मन्त्री घिमिरेले बताए। होम आइसोलेसनमा बसिरहेका मन्त्री घिमिरेका चार दिन अघि गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो।

होम आइसोलेसनमा रहेका मन्त्री घिमिरेलाई कोशी कोभिड १९ उपचार केन्द्रका मेडिकल अफिसरका टिमले क्वार्टरमा आएर स्वास्थ्य अवस्थाबारे जानकारी लिने र आवश्यक औषधि दिने कार्य गर्दै आएको छ।

‘कोरोना संक्रमण देखिएपछि मेडिकल टिमले तीन पटक मेरो स्वास्थ्य परीक्षण गरिसक्नु भएको छ,’मन्त्री घिमिरेले भने,‘डाक्टरको सल्लाहअनुसार नै ममा  कोरोनाको सम्पुर्ण लक्षण देखिए पनि होम आइसोलेसनमा बसेको हो।’ अहिले चिकित्सको परामर्शअनुसार आवश्यक स्वास्थ्य सावधान अपनाउँदै आएकाले अबका केही दिनमै ठिक हुने विश्वास लिएको मन्त्री घिमिरेले बताए।विस्तृतमा