प्रदेश नं. १ काे नाम राख्न लागेकाे थियाैँ, हाम्राे सरकार नै गयाे : पूर्वमन्त्री घिमिरे (अन्तर्वार्ता)


काठमाडाैँ । जीवन घिमिरे मोरङ जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. ४ को प्रदेश सभा ‘ख’ बाट प्रतिनिधित्व गर्ने प्रदेश नं. १ का सांसद हुन् । विगत ३५ वर्षदेखि सोही क्षेत्रबाट राजनीति गरिरहेका उनकाे कम्युनिष्ट आन्दोलनमा ठूलाे याेगदान छ । घिमिरेले यसपटककाे निर्वाचनपछि प्रदेश नं. १ काे मुख्यमन्त्री बन्ने दाबी गरिरहेका छन् । पार्टीले उनलाई मुख्यमन्त्रीकाे रूपमा अघि सार्ला/नसार्ला, सारिहाल्याे भने पनि एमालेले मुख्यमन्त्री बन्ने सिट जित्ला/नजित्ला त्याे हेराैँला । तर, उनले मुख्यमन्त्री भने बन्ने नै बताउँछन् ।

तर, यसपटककाे चुनाव पाँचदलीय गठबन्धन भर्सेस एमाले हुने देखिएकाे छ । यसाे हुँदा उनी आफैँ जित्नसम्म गाह्राे देखिएकाे छ भने मुख्यमन्त्री बन्ने सिट जित्न त झन् गाह्राे हुनसक्छ । तर पनि उनी संसदीय प्रणाली र व्यवस्था भुलेर आफू राजनीतिमा ‘सिनियर’ भएकै कारण मुख्यमन्त्री पाउनुपर्ने तर्क गर्छन् ।

यसअघि प्रदेश नं. १ मा एमालेबाट शेरधन राई र भीम आचार्य मुख्यमन्त्री बने । घिमिरे यसपटक भने एमालेबाटै आफू मुख्यमन्त्री बन्ने दाबी गर्छन् । उनी एमालेकाे तत्कालीन माधवकुमार नेपाल गुटमा केही समय रहे । तर, पछि नेपालले एकीकृत समाजवादी बनाउँदा पुन: एमालेमै फर्के । यसाे हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि विश्वास गर्दैनन् भनिन्छ ।

तर पनि उनले मुख्यमन्त्री भने बन्ने बताउँछन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट मोरङ क्षेत्र नं. ४ को ‘ख’बाट जितेर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका उनै घिमिरेसँग प्रदेश नं. १ को सरकारका कुरा, प्रदेश नामकरण त अन्य विविध विषय र आसन्न निर्वाचनबारे कुराकानी गरिएकाे छ । विस्तृतमा