प्रदेश १ मा कोरोना उपचारका लागि ५०० बेड थप्ने तयारी


विराटनगर– प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५०० बेड थप गर्ने तयारी गरेको छ।

प्रदेशभर अक्सिजन, आईसीयू र भेन्टिलेटरसहितका बेड थप गर्न लागिएकाे सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। 

कोरोना संक्रमितले अक्सिजन, आईसीयू र भेन्टिलेटरको खोजी गर्न थालेको उनले बताए। संक्रमितको माग अनुसार प्रदेश सरकारले तयारी गरेको उनले बताए। संस्थागत आइसोलेसनको औचित्य घट्दै गएको मन्त्री घिमिरेको भनाई छ। 

विराटनगरमा मंगलबार एक कार्यक्रममा मन्त्री घिमिरेले प्रदेश सरकार परिस्थितिको मागअनुसार अघि बढेको बताए। 
कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्थाअनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई उनले निर्देशन दिए।

अबको चुनौती सामना गर्न स्थान विशेषको कोरोना नियन्त्रणको नीति बनाउन आवस्यक रहेको उनको भनाइ छ। 

कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले भनेजस्तो भन्दा पनि स्थानीय स्तरको अवस्थाबारे पनि खोजी गर्न आवश्यक रहेकोमा उनको जोड छ। विस्तृतमा